बौद्धमा ट्यांकर र मोटरसाइकलको ठक्करबाट एक किशोरीको मृत्यु  

काठमाडौँ । काठमाडौँमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका- ६ बौद्धमा बा.प्र.०२-०२३ प ८६४८ नम्बरको मोटरसाइकल र ना.८ ख ११९९ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-६ तिनचुली बस्ने ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा घर भएकी १८ वर्षीया सम्झना राईको बिहीबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकल चालक र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।