रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष युवराज सफलले हाले उजुरी

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लािमछानेविरूद्व संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी परेको छ ।

रविविरूद्व युवराज सफलले उजुरी दिएका हुन् । सफलले सहकारीबाट सभापति लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टिभीमा सहकारीको ५२ करोड रुपैयाँ लगानी गरिएको भन्दै छानबिनको मागसहित उजुरी दिएका हुन् ।  लामिछानेको सहकारी ठगीसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग समेत उनले गरेका छन् ।