प्रभु बैंकका सेयरधनीको हात खाली, यो वर्ष पनि बैंकले लाभांश नदिने

काठमाण्डौँ - प्रभु बैंकले गत आर्थिक वर्ष २०७९र८० को सञ्तित मुनाफाबाट लाभांश नदिने भएको छ ।  कम्पनीको गत माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । 

कम्पनीले अघिल्लो आवमा २०७८र०७९ को नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत लाभांश दिएको थियो । साथै सोही बैठकले वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ ।