सानोभाइ भनिने युवराज गुरुङको समूहद्धारा ठमेलमा एक पुरुषमाथि कुटपिट

काठमाडौँ । सानुभाइ भनिने युवराज गुरुङको समूहले ठमेलमा एक पुरुषमाथि कुटपिट  गरेको छ ।  गत शनिबार बागलुङ घर भएका एक पुरुषमाथि गुरुङको समूहले ठमेलमा कुटपिट गरेको प्रहरीले जानकारी गराएको छ।

गुरुङको समूहले छायाँ सेन्टरको प्लेब्वाइ क्लबको पार्किङमा ती पुरुषमाथि कुटपिट गरेको हो। पीडितले दरबारमार्ग प्रहरीमा गुरुङसहित छ जनाबिरुद्ध उजुरी दिएका छन्  । उनीहरुबीच के विषयमा विवाद भएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन। प्रहरीले पीडितको नाम पनि सार्वजनिक गरेको छैन।

प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको जानकारी गराएको छ।