अध्यागमन कार्यालयले भिजिट भिसामा जान लागेका ८४ जनालाई विमानस्थलबाटै  फर्काइयो

काठमाडौ । अध्यागमन कार्यालयले विमानस्थलबाट ८४ जनालाई फर्काएको छ । पछिल्लो २४ घण्टामा भिजिट भिसामा विभिन्न देश जान लागेका ८४ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले जानकारी दिए ।

फिर्ता हुनेमा अधिकांश दुबई जाने लागेकाहरू छन् । भिजिट भिसामा दुबई,श्रीलंका ,बहराइनलगायत मुलुक जान लागेका उनीहरूले आफ्नो भ्रमणको उद्देश्यबारे अध्यागमनका अधिकारीसमक्ष बताउन नसकेपछि उनीहरुलाई फिर्ता गरेको हो ।

भिजिट भिसामा जान लागेका अधिकांश गन्तव्य मुलुक पुगेपछि काम गर्ने तयारीमा थिए। तर भिसा लगायतका कागजात चेकजाँच गर्दा उनीहरु भ्रमण उदेश्य नभई अर्कै कामका लागि जान लागेको आशंकामा चेकजाँच गर्दा कागजातको प्रक्रिया पनि नमिलेको पाइएको अध्यागमनले जनाएको छ।

भिजिट भिसाको बहानामा विभिन्न देशमा पुगेर अवैध रुपमा काम गर्ने बढेपछि अध्यागमन विभागले कडाइ गर्न थालेको छ।