माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस

काठमाडौँ । सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते दुवै संसद्को बैठक बोलाउन सिफारिस गरेको हो ।

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि संसद्को बजेट अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो ।