मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षीय कालु विकको मृत्यु

काठमाडौँ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–२, साडेपानीस्थित पूर्वपश्चिम राजमार्गमा सु.प.प्र.०१००९ प.४६१९ नम्बरको मोटरसाइकल सोमबार साँझ अनियन्त्रित भई पल्टिएको थियो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बर्दगोरीया गाउँपालिका–५ बस्ने २१ वर्षीय कालु विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रदीप विकको सोही अस्पतालमा उपचार भइरहेको छ ।