images

गाजामा बन्धक बनेका इजरायलीका परिवारका सदस्यहरू संसदमा प्रवेश   

एजेन्सी । गाजामा अझै पनि बन्धक बनाएका केही इजरायलीका परिवारका सदस्यहरू इजरायलको नेसेट (संसद) मा प्रवेश गरेका छन्। सोमबार संसदमा आर्थिक मामिलासम्बन्धी बैठक चलिरहेको बेला बन्धकका परिवार सुरक्षा व्यवस्था तोडेर सदनभित्र पसेका हुन् ।ती मध्ये एकजनाले प्लेकार्ड बोकेका थिए जसमा लेखिएको थियो– ‘हाम्रा छोराछोरी मरिरहेका बेला तिमीहरु यहाँ बस्न सक्दैनौ ।’

अक्टोबर ७ मा हमासको हमलापछि बन्धक बनाएका १३० जना अझै हमासको हिरासतमा छन् भने गत वर्ष नोभेम्बरमा ‘अस्थायी युद्धविराम सम्झौता’ अन्तर्गत हमासले १०० जनालाई रिहा गरेको थियो। समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायल र हमासबीच अर्को सम्झौता गर्न अमेरिका, कतार र इजिप्ट सफल हुने देखिँदैन ।

इजरायलले हमासलाई पूर्ण रूपमा नष्ट नगरेसम्म युद्ध नरोक्ने बताएको छ । जबकी हमासले इजरायलले आफ्ना सबै प्यालेस्टिनी नागरिकलाई जेलबाट रिहा गर्न तयार भएपछि मात्र सम्झौतामा सहमत हुने जनाएको छ । हमासका धेरै नेताहरू पनि इजरायली जेलमा छन्।
 

मङगलबार ९ माघ २०८० ०२:४४ PM मा प्रकाशित

प्रतिक्रिया