भरतपुर । चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन ९आइपिएम० कृषक पाठशालासम्बन्धी तालिम प्रदान गरिएको छ । श्री किसान महिला कृषि तथा पशुपन्छी पालन कृषक समूह र भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा भरतपुरको आयोजनामा यहाँको पर्साढापका महिलालाई ‘आइपिएम’सम्बन्धी १६ हप्ते तालिम प्रदान गरिएको हो । रासायनिक विषादीको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको