सशस्त्र प्रहरी बलले सल्यान र जाजरकोट गुल्मका गुल्मपतिलाई कमान्डबाट फिर्ता बोलाएको छ । अत्याधिक कर्मचारीहरूलाई बिदामा छाडेर राशनमा बदमासी गरेको भन्दै उनीहरूलाई फिर्ता बोलाइएको सशस्त्र प्रहरीका प्रवक्ता तथा नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए । भट्टका अनुसार केही दिनअघि ती दुई गुल्मका गुल्मपति डीएसपीहरूले गुल्ममा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू अत्याधिक मात्रामा बिदा छाडेको उजुरी सशस्त्र