बाघ गणना सकियो, गैंडाको चाहिँ रोकियो

  • मङगलबार २६ जेठ २०८३ ०६:४५ AM
काठमाडौं : यस वर्ष नेपालमा बाघ र गैंडा दुवैको गणना गर्ने योजना रहे पनि आर्थिक स्रोत, जनशक्ति अभाव तथा उच्च जोखिमका कारण गैंडा गणना हुन सकेन। गत डिसेम्बरदेखि मार्चसम्म बाघ गणना सम्पन्न भए पनि गैंडाको गणना स्थगित गरिएको छ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले परम्परागत शैलीभन्दा वैज्ञानिक विधि अपनाएर आगामी गणना गर्ने तयारी भइरहेको जनाएको छ। विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलका अनुसार बाघको तुलनामा गैंडा गणना बढी जोखिमपूर्ण हुन्छ।पौडेलका अनुसार गैंडा तथा बाघ गणना दुवै अत्यन्त ख