राशनमा बदमासीपछि सशस्त्रको सल्यान र जाजरकोटका गुल्मपतिलाई फिर्ता बोलाइयो, नेचुङका तत्कालीन इन्सपेक्टरमाथि पनि छानबिन

  • सोमबार २५ जेठ २०८३ ०३:३६ PM
काठमाडौं । अत्यधिक मात्रामा कर्मचारीहरू बिदामा छाडेर राशनमा बदमासी गरेको पुष्टि भएपछि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सल्यान गुल्म र जाजरकोट गुल्मका गुल्मपतिहरुलाई कमान्डबाट फिर्ता बोलाएको छ ।  केही दिनअगाडि ती दुई गुल्मका गुल्मपति डीएसपीहरुले गुल्ममा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू अत्यधिक मात्रामा बिदा छाडेको भन्ने उजुरी सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा परेपछि प्रधान कार्यालयबाट सशस्त्र