काठमाडौं : काठमाडौं महानगरपालिकाले सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडकआश्रित मानवमुक्त महानगर घोषणा गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै जो बेसहारा महानगरको अभिभारा भन्ने नाराका साथ महानगरले सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडकआश्रित मानवमुक्त महानगर घोषणा गरेको हो ।कार्यक्रममा काठमाडौं महानगरकी कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेल तथा मानवसेवा आश्रमका प्रतिनिधिले संयुक्त रुपमा सहयोगापेक्