पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो

  • सोमबार २५ जेठ २०८३ ०१:३२ PM
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपाली मुस्किलले एक मुरी आलु खने । ‘असिनाले हुर्कँदै गरेको अवस्थामा चुटेर आलुको बोटका सबै पात झारिदिएपछि लागेको दाना ठूला हुन र थप दाना फल लाग्नै नपाउँदा उत्पादन आधाले घटेको छ’ उनले भने ‘गत वर्ष ५० मुरी आलु फलाएको थियो