रङ्गमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन्– ‘महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’

  • सोमबार २५ जेठ २०८३ १२:४७ PM
आकाङ्क्षा धामी काठमाडौँ, २५ जेठ । गैरीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबारदेखि नाटक ‘महाभारत’ मञ्चन भइरहेको छ । करिब एक महिनाको अभ्यासपछि मञ्चमा आएको नाटकले कलाकारहरूलाई अभिनयको नयाँ अनुभव मात्रै दिएको छैन, समाजमा विद्यमान जातीय विभेद्‌, अवसरको असमानता र मानवीय संवेदनाका विषयमा प्रश्न गर्न पनि प्रेरित गरेको छ । हास्यव्यङ्ग्य कलाकारका रूपमा परिचित मनोज गजुरेल यो नाटकमार्फत