युद्धपीडित गाजामा शौचालयको अभाव, पालभित्रै शौच गर्न बाध्य परिवार

  • सोमबार २५ जेठ २०८३ १२:३१ PM
एजेन्सी । इजरायल–हमास युद्धका कारण घरबारविहीन बनेका गाजाका लाखौं प्यालेस्टिनीहरू अहिले विशाल पाल शिविरहरूमा अत्यन्त कठिन र अस्वस्थकर अवस्थामा जीवन बिताउन बाध्य छन् । विशेषगरी उचित शौचालयको अभावले स्वास्थ्य, सरसफाइ र मानवीय मर्यादामाथि गम्भीर असर पारेको छ । दक्षिणी गाजाको खान युनिस क्षेत्रमा बस्ने ३८ वर्षीय मुस्तफा शाबानले आफ्नो परिवारका लागि पालभित्रै अस्थायी शौचालय निर्माण