स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सहसंयोजक पेइटर्सबिच भेटघाट

  • सोमबार २५ जेठ २०८३ १२:३७ PM
काठमाडौँ, २५ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय सहसंयोजक लीला पेइटर्सबिच आज काठमाडौँमा भेटघाट भएको छ । भेटका क्रममा संयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ), संयुक्त राष्ट्र विकास कार्यक्रम (युनडिपी) लगायत संस्थाहरुद्वारा नेपाललाई भइरहेको सहयोगको बारेमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभयो