सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चङ् खेली गाउँपालिका–५ नेप्का गाउँ नजिकैको मुस्याँडा खोलाको नदिमा स्थानीयले आफ्नै श्रमदानमा काठे पुल निर्माण गरेका छन् । सम्बन्धित निकायलाई पटकपटक मुस्याँडामा रहेको नदीमा वारपार गर्नका लागि झोलुङ्गे पुल निर्माणका लागि अनुरोध गरे पनि स्थानीय जनप्रतिनिधिले चासो नदेखाएपछि स्थानीयले आफ्नै पहलमा श्रमदान गरी उक्त काठे पुल निर्माण गरेका हुन्