नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत

  • सोमबार २५ जेठ २०८३ ११:१२ AM
काठमाडौं । काठमाडौँमा सोमबार जलवायु नवप्रवर्तन प्रवर्धन (एएफसिआइए) कार्यक्रमका सम्बन्धमा सरोकारवालाबीच छलफल भएको छ । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र कृषि, वन तथा पर्यावरण मन्त्रालयको सहकार्यमा छलफलको आयोजना भएको हो । जलवायु उत्थानशीलता र खाद्य सुरक्षा सुदृढ गर्ने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरिएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद