काठमाडौँ : नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले मुलुकको राष्ट्रियता, सीमा सुरक्षा र जनजीविकाका गम्भीर सवालमा सरकार जवाफदेही नभएको आरोप लगाएका छन्। पाँच दिनको स्थगनपछि प्रारम्भ भएको प्रतिनिधिसभाको बैठकमा पुनः अवरोध सिर्जना भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद केरुङले यस्तो बताएका हुन्। सांसद केरुङले बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण हुने उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा प्रधानमन्त्री वा सम्बन्धित निकायबाट चित्तबुझ्दो जवाफ नआएसम्म विरोध जारी रहने स्पष्ट पारे। सत्ताधारी दलका सभापतिको भारत भ्रमणपछि आयोजना गरिएको सर्वदलीय बैठक निष्कर्षविहीन टुङ्गिएकाले संसद्को गतिरोध अन्त्य हुन नसकेको उनको भनाइ छ। सरकार कुनै एउटा ... The post बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण : सांसद केरुङ appeared first on Kalika Khabar.