फाइनलमा हङकङ पराजित, अपराजित रहँदै नेपाललाई एसियन गेम्स छनोटको उपाधि

  • सोमबार २५ जेठ २०८३ ०४:०४ PM
काठमाडौं : एसियन गेम्सको छनोटको हङकङलाई पराजित गर्दै नेपालले उपाधि जितेको छ। सिंगापुरको सिंगा ओभलमा टस हारेर ब्याटिङ गरेको हङकङलाई डीएल पद्धतिमा १९ रनले हराउँदै नेपालले उपाधि जितेको हो।हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। हङकङले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेटको क्षतिमा ११४ रन बनाएपछि वर्षा भएको हो। नेपालले प्रतियोगिता अवधिमा अपराजित रहेको थियो।नेपालको लागि ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए। उनले ४० बलमा ८ चौका र ३ छक्का प्रह