काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) ले संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्ने माग गरेको छ । संसद भवन परिसरमा सोमवार एमाले सांसद गुरु बरालले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको सम्बन्धमा संसद्मा उपस्थित भएर चित्तबुझ्दो जवाफ नदिएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने स्पष्ट पारेका हुन् । सांसद बरालकाअनुसार प्रतिपक्षले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कि त