प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कर्णाली प्रदेशको बाजुरा र हुम्ला जिल्लाको विवादमा रहेकाे सीमा क्षेत्रमा प्रहरी चौकी निर्माण गर्न प्रहरी प्रधान कार्यालयबाट कुनै स्वीकृत नलिइएको बताएका छन् । उनका अनुसार विवादको केन्द्रमा रहेको अस्थायी प्रहरी चौकी निर्माणबारे प्रहरी संगठनलाई औपचारिक रूपमा कुनै प्रस्ताव वा पत्राचार प्राप्त भएको थिएन् । कर्णाली प्रदेश सरकारले बजेट विनियोजन गरेर चौकी