मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत

  • सोमबार २५ जेठ २०८३ ०९:४० AM
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन्। सोमबार काठमाडौँको माइतीघरमा जनमत पार्टीले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेसका मागप्रति अनुदार हुने गरेको बताएका हुन्। उनले मधेसबाट मत लिएर सरकार बनाउने तर मधेसका अधिकारका सवालमा बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहेको आरोप लगाए। राणा शासनकालमा मधेसमाथि उपनिवेशवादी शासन लादिएको दाबी गर्दै अध्यक्ष राउतले पछिल्ला ७५ वर्षमा कांग्रेस र कम्युनिस्ट दलहरूले पनि मधेसलाई विभिन्न रूपमा ठग्दै आएको आरोप लगाए। वि.सं. २००७/००८ सालपछि कांग्रेस र कम्युनिस्टहरूले सत्ताको ... The post मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत appeared first on Kalika Khabar.