चिनियाँ राष्ट्रपति ७ वर्षपछि पुगे उत्तर कोरिया, यी हुन् छलफल हुनसक्ने विषय

  • सोमबार २५ जेठ २०८३ ०३:३५ PM
काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ ७ वर्षपछि उत्तर कोरिया पुगेका छन्। राष्ट्रपति सी स्थानीय समयअनुसार दिउँसो करिब १२ बजे प्योङयाङ पुगेका हुन्।  सीको सन् २०१९ पछिको पहिलो भ्रमण हो। साथै, चीन र उत्तर कोरियाका शीर्ष नेताहरू बीचको प्रत्यक्ष भेट गत वर्ष सेप्टेम्बरमा भएको थियो। सीको भ्रमण १ रात २ दिनको रहनेछ।चीनको सिन्ह्वा समाचार संस्थाले सार्वजनिक गरेको भिडियोमा सी सवार एयर चाइनाको विशेष विमान प्योङयाङको सुनान विमानस्थलमा रातो कार्पेट बिछ्याइएको स्थानमा अवतरण गरेको देखाइएको छ।विमानस्थल