काठमाडौँ । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत शनिवार चौकीडाँडा पर्यटकीय पार्क, बुढानीलकण्ठ, काठमाडौँमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट एक्सन’ लाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवर्द्धन गर्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको थियो