एजेन्सी । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन् । भूकम्पपछि राहत तथा उद्धार कार्य तीव्र पारिएको छ भने प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार दक्षिण कोटाबातो, सुल्तान कुदारत, साराङ्गानी