सिरहा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहा जिल्ला अधिवेशन विवादित बन्न पुगेको छ। जिल्लाको नेतृत्व चयनको विषयलाई लिएर अधिवेशन विवादमा परेको हो।सिरहाको जिरोमाइलमा जारी अधिवेशनमा सांसदहरूले हस्तक्षेप गरेपछि विवाद बढेको हो। यो अधिवेशनमा सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली सभापतिका आकांक्षी छन्।आइतबार अधिवेशनको खुल्ला सत्र सकेपछि रास्वपाको मधेश प्रदेश सभापतिसमेत रहेका सिरहा ४ का सांसद तपेश्वर यादव, क्षेत्र नम्बर २ का सांसद शिव यादव, क्षेत्र १ का सांसद बब्लु गुप्ता, क्षेत्र