लुम्बिनी प्रदेश प्रहरीको विशेष अभियान : बर्दियामा ४३ लाख बढीका अवैध सामान बरामद

  • सोमबार २५ जेठ २०८३ ०८:४९ AM
भैरहवा । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभर शान्तिसुरक्षा सुदृढ गर्दै चोरी, तस्करी तथा राजस्व छली नियन्त्रणलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरेको  छ ।  खुला सीमा नाकाबाट हुने अवैध आयात, तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि रुपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम), बाँके, बर्दिया, दाङलगायत सीमावर्ती जिल्लामा निगरानी तथा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ