नेपाल कम्युनिष्ट पार्टीले बैठक केही समयका लागि स्थगित गरी दलहरूबीच छलफलको वातावरण बनाउन सभामुखसँग आग्रह गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद वर्षमान पुनले संसद नियमित रूपमा सञ्चालन हुनुपर्नेमा आफ्नो दल प्रतिबद्ध रहेको बताए । यद्यपी प्रधानमन्त्रीको विवादित अभिव्यक्ति सच्याइनुपर्ने, संसदको अभिलेख (रेकर्ड) बाट हटाइनुपर्ने तथा प्रधानमन्त्रीले त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने प्रतिपक्षको अडान