काठमाडौं : राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले संसदमा पेश नगरी करका दर हेरफेर गर्ने अर्थमन्त्री स्वर्णीम वाग्लेलाई छानबिन गरेर कारबाही गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदमा पेश भएको आर्थिक विधेयकका करका दर हेरफेर गर्नेमाथि तत्काल कारबाही गर्न माग गरेका छन्। उनले सूचना लिग गरेर कोरला नाकाबाट गाडी भित्रिएको भन्दै आपत्ति जनाए। उनले भने,‘बजेट बनाउँदा बजेटका करका दर हेरफेर गर्न अर्थमन्त्रीबाहेक कसैलाई थाहा हुँदैन। अर्थमन्त्रीले सदनमा जवाफ दिनुप