काठमाडौँ । नेपालभर प्रदर्शनरत स्वदेशी चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ । आइतबार राति ११:५५ बजेसम्मको तथ्यांक अनुसार चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढी व्यापार छ । गत वैशाख १८ गतेबाट प्रदर्शनमा आएको यस चलचित्रले २ लाख ९८ हजार २ सय २७ टिकट बिक्री गर्दै करिब रु. ८ करोड ७८ लाख आम्दानी गरेको छ