प्रधानमन्त्रीको जवाफ नआएसम्म प्रतिनिधि सभाको अवरोध जारी रहने विपक्षी दलको अडान

  • सोमबार २५ जेठ २०८३ ०७:२९ AM
विपक्षी राजनीतिक दलहरूले प्रधानमन्त्रीबाट संसदमा औपचारिक जवाफ नआएसम्म प्रतिनिधि सभाको बैठक सञ्चालन हुन नदिने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय छलफलपछि नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले विपक्षी दलहरूको साझा धारणा सार्वजनिक गर्दै संसद् अवरोधको कार्यक्रम यथावत् रहने जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग सम्बन्धित अभिव्यक्तिलाई विपक्षी