सीमाबारे प्रधानमन्त्रीको भनाइमा परराष्ट्रमन्त्रीले संसदमा प्रष्टीकरण दिनुहुन्छः रवि लामिछाने

  • सोमबार २५ जेठ २०८३ ०७:१८ AM
काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा प्रष्टीकरण दिने बताएका छन् । आफैंले आयोजना गरेको सर्वदलीय बैठकमा सोमबार लामिछानेले परराष्ट्रमन्त्रीले प्रष्टीकरण दिने बताएका हुन् । लामिछानेले संसदमा जारी गत्यावरोध हटाउन आग्रह गरेपछि विपक्षीले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ