काठमाडौँ । सांसद रञ्जित कर्णले नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य सम्पन्न भइसक्दा पनि सञ्चालनमा आउन नसक्नु सरकारी व्यवस्थापनको कमजोरी भएको बताएका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै कर्णले निर्माण सकिएपछि मात्र सञ्चालनका लागि टिम खोज्ने प्रक्रियाले आयोजना अलपत्र परेको उल्लेख गरे । ‘सुरुङ मार्ग एक वर्षअघि नै तयार भएको हो, तर अहिलेसम्म जनताले प्रयोग गर्न पाएका छैनन्,’ कर्णले भने, ‘निर्माण सकिएपछि मात्र अपरेसन र मेन्टेनेन्सको टिम खोज्नुले सरकारी अदूरदर्शिता देखाउँछ । यो काम एक वर्षअघि नै गर्नुपर्थ्यो ।’ उनले नेपालका ठुला आयोजनाहरूमा साइट क्लियरेन्स र ईआईए प्रक्रियामा हुने ... The post सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण appeared first on Kalika Khabar.