काठमाडौं : प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले विरोध गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपश्चात एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले संसद्मा आएर जवाफ नदिएसम्म विपक्षी दलले संसद अवरोध गर्ने जानकारी गराए। उनले गम्भीर विषयमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रघाती अभिव्यक्ति दिएकाले संसदका गतिविधि अगाडि बढ्न नसक्ने बैठकमा जानकारी गराएको बताए। उहाँहरुले हामी दलमा र प्रधानमन्त्रीसँग छलफल गरेर अगाडि बढ्ने जानकारी गराएको उनको भनाई छ।