प्लास्टिक प्रदूषण नियन्त्रणमा दक्षिण एसियाली सहकार्य आवश्यक : मन्त्री चौधरी

  • सोमबार २५ जेठ २०८३ ०६:२८ AM
काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी ले प्लास्टिक प्रदूषण, जलवायु परिवर्तन र जैविक विविधता क्षयजस्ता साझा वातावरणीय चुनौती समाधानका लागि दक्षिण एसियाली राष्ट्रहरूबीच बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी छन् । दक्षिण एसियाली सहकारी वातावरण कार्यक्रम (सासेप) अन्तर्गत सोमबार आयोजित क्षेत्रीय तालिम कार्यक्रममा बोल्दै मन्त्री चौधरीले वातावरणीय समस्या समाधानका लागि सामूहिक प्रयास, नवीन