प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन

  • सोमबार २५ जेठ २०८३ ०६:३५ AM
काठमाडौं । जनमत पार्टीले प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्नुपर्ने मागसहित विभिन्न मुद्दा उठाउँदै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । सोमबार आयोजित सांकेतिक विरोध कार्यक्रममा सहभागी कार्यकर्ताहरूले प्रदेश सरकारलाई थप अधिकार दिन, कर्मचारी प्रशासन तथा स्थानीय तहलाई प्रदेश मातहत राख्न, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न तथा प्रहरी प्रशासन र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत