बर्दिबासमा सुक्यो पानीको मूल, बढ्यो सङ्कट

  • सोमबार २५ जेठ २०८३ ०५:३२ AM
महोत्तरी – बर्दिबास-१ का ७५ वर्षीय भक्त भण्डारी बस्तीको सिरानको पानीखोल्सीको अवस्था देखेर वीरक्तिन्छन् । यो खोल्सीको जरुवा दुई दशकअघि पहिलेको बर्दिबास क्षेत्रभरिकै खानेपानीको स्रोत थियो, अहिले त पानी बग्ने पहिलेको ठाउँमा सुक्खा छन् । बर्दिबास-१ को सिरानको दाहाल्नी खोल्सीको पनि उस्तै हाल भएको उनी बताउँछन् । बर्दिबासमात्र नभएर छिमेकको भङ्गाहा-४ पलारको जोकाहा भूल जरुवा