काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भारत भ्रमणको जानकारी गराएका छन्। नयाँ निर्वाचनपश्चात पहिलोपटक बसेको बैठकमा लामिछानेले आफ्नो भारत भ्रमणकाबारेमा जानकारी गराएको र सरकारले गरेका कामप्रतिको सुझाव दिन आग्रह गरेको र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। उनले दलबीच संवाद हुनु सकरात्मक भएको र भारत भ्रमण जानु अगाडि राखेको भए उत्तम हुने सुझाव दिएको जानकारी दिए। संसदमा गणतीय हिसाबमा विपक्षी दल कमजोर रहेपनि शक्ति पृथकीकरण भत्काउने काम