खाली चेक दिँदै हुनुहुन्छ ? ब्याज तिर्नुपर्ला नि !

  • सोमबार २५ जेठ २०८३ ११:२८ AM
काठमाडौं : तपाईंले कसैलाई रकम दिन खाली चेक (ब्ल्याङक चेक) मा हस्ताक्षर गर्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस्, यदि खातामा पर्याप्त मौज्दात छैन भने चेकको रकमसहित ब्याज पनि तिर्नुपर्ने हुन्छ।सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले गरेको फैसलाले बैंकिङ कारोबार गर्ने हरेक नागरिकलाई सजग गराएको छ। सर्वोच्चले चेक अनादर भएमा चेकमा उल्लेखित रुपैयाँ मात्र होइन ब्याजसमेत तिर्नुपर्ने फैसला गरेको छ। उच्च अदालत पाटनको फैसला उल्ट्याउँदै सर्वोच्चबाट भएको फैसलाले बैंकिङ कारोबारीह