काठमाडौं : सरकारले ५० युनिटभन्दा बढी खपत गर्ने उपभोक्तालाई सहुलियत दरको भ्याट (मूल्य अभिवृद्धि कर) लगाउँदै छ। आगामी आर्थिक वर्षको बजेटले यो व्यवस्था गरेबमोजिम आगामी साउन १ गतेबाट ५० युनिटभन्दा बढी खपत गर्ने उपभोक्ताले सहुलियत दरको भ्याट तिर्नु पर्नेछ। बजेट वक्तव्यको बुँदा नम्बर ६९ को ‘स्वेच्छिक अनुपालन र करको दायरा विस्तार’ अन्तर्गत उपबुँदा ‘ख’ मा भनिएको छ, ‘अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिटभन्दा बढीको विद्युत् खपतमा सहुलियत दरमा मूल्य अभिवृद्