काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाले इरानसँग गर्ने कुनै पनि सम्भावित सम्झौता स्वीकार गर्नुपर्ने बताएका छन् । इरानले युद्धविरामपछि पहिलोपटक इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको केही घण्टामै ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । फाइनान्सियल टाइम्ससँगको टेलिफोन अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले इरानसँगको अमेरिकी नीति अन्तिम रूपमा वासिङ्टनले निर्धारण गर्ने स्पष्ट संकेत दिँदै नेतान्याहुसँग