अन्नको भकारी मधेस, मल अभावले हैरानी

  • सोमबार २५ जेठ २०८३ ११:०५ AM
जनकपुरधाम : मधेसको मुख्य खेती हो– धानबाली। अझैभन्दा अन्नको भण्डार हो मधेस। मधेसका ब्याडमा धानका बिउ उम्रिसके। रोपाइँका लागि खेत जोत्ने काम धमाधम भइरहेका छन्। तर, वर्षाै‌देखिको उही व्यथा, मल नै छैन। किसान सोध्दैछन्– मल कहिले पाइन्छ ? अझ कतिपय किसानले त रोपाइँ पनि गरिसके। कतै कतै त रोपो पनि हुर्किसक्यो, मलबिनै। तर रोपाइँका बेला जहिल्यैको रसायनिक मलको समस्या— न डीएपी र न युरिया। गाउँगाउँका डिलरमा मलखादका बोरा छैनन्। सरकारको तथ्यांकले भन्छ, मल फालाफाल।’महोत्तरीको बर्दिबा