उपत्यका ट्राफिककाे नयाँ कमाण्डरमा एसएसपी सुरेश काफ्ले
सोमबार २५ जेठ २०८३ ०४:५३ AM
काठमाडौँ उपत्यका ट्राफिक कार्यालय प्रमुखको जिम्मेवारी पाएका एसएसपी सुरेश काफ्लेले आज त्यहाँ कार्यालय पुगेर आफ्नो जिम्मेवारी सम्हालेका छन्। एसएसपी सुरेश काफ्लेलाई विशेष ब्युरोबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काज सरुवा गरेको हो।