काठमाण्डु – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बसिरहेको छ । बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलमध्य ४ दलका शीर्ष नेता सहभागी भएका छैनन् । बैठकका लागि रास्वपा सभापति लामिछाने, महामन्त्री तथा संसदीय दलका प्रमुख सचेत कविन्द्र बुर्लाकोटी, नेकपाका सहसंयोजक