तेहरान : इजरायली वायुसेना (IAF) ले इरानको मध्य र पश्चिमी क्षेत्रमा रहेका सैन्य ठेगानाहरूलाई निशाना बनाएर आक्रमण गरेको छ। इजरायली आक्रमण लगत्तै इरानको सरकारी टेलिभिजनले देशका प्रमुख सहरहरू शक्तिशाली विस्फोटले थर्किएको पुष्टि गरेको छ।इरानी सरकारी सञ्चारमाध्यमहरूले टेलिग्राममा पोस्ट गर्दै लेखेका छन्, 'राजधानी तेहरान, तब्रिज र इस्फहानमा एकपछि अर्को गर्दै कयौँ शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्।' यसका साथै मध्य इरानको 'करज' सहर वरपर पनि ठूला विस्फोटहरू भएका छन्। यसअघि इरानले इजरा