फिलिपिन्स : फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार बिहान ७:३७ बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ। शक्तिशाली भूकम्पपछि त्यस क्षेत्रमा निरन्तर ठूला पराकम्पहरू (आफ्टरशक्स) महसुस गरिएका छन्।भूकम्प लगत्तै फिलिपिन्सको मिन्डानाओ क्षेत्रका केही तटीय इलाकाहरूमा सुनामी आउन सक्ने आशंका गर्दै सतर्कता अपनाउन भनिएको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र उच