ब्यालेस्टिक मिसाइल आक्रमणपछि इजरायली राजनीतिज्ञद्वारा नेतान्याहुको आलोचना

  • सोमबार २५ जेठ २०८३ ०७:३५ AM
तेल अवीव : इरानले इजरायलमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि केही इजरायली राजनीतिज्ञहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कडा आलोचना गरेका छन्। उनीहरूले इरानविरुद्ध सैन्य बल प्रयोग गरेर कडा जवाफ दिन माग समेत गरेका छन्।आगामी निर्वाचनमा नेतान्याहुलाई चुनौती दिइरहेका पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेटले यस घडीलाई 'सत्यको क्षण' को रूपमा चित्रण गरेका छन्। सामाजिक सञ्जाल 'एक्स' मा एक वक्तव्य जारी गर्दै बेनेटले इजरायलले आफू 'आफ्नो रक्षा गर्न सक्षम एक सार्वभौम राष्ट्र' भएको