जेठ २५, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मोतीपुरस्थित श्री जनसेवा कृषि सहकारी संस्था लिमिटेड विगत केही महिनादेखि नेतृत्वविहीन अवस्थाको शिकार बनेको छ। १८औँ साधारण सभा तथा ८औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भए पनि कानुनी विवाद, निर्वाचन समितिको भूमिकामाथि उठेका प्रश्न, नगरपालिकाको निर्णयहीनता तथा केही व्यक्तिको प्रभावका कारण सहकारी अनिर्णयको बन्धक बनेको आरोप